लागुऔषध ब्राउन सुगरसहित एक युवा पक्राउ

दैलेख : दैलेखमा ब्राउन सुगरसहित एक युवा पक्राउ परेका छन् । दैलेखको नारायण नगरपालिका–८ तर्ताङ बस्ने २५ वर्षे दिपक थापा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

प्रहरीले गोप्य सूचनाको आधारमा नारायण नगरपालिका–१ नयाँबजार देवकोटा चोकबाट युवालाई पक्राउ गरी खोजतलास गरेको बताएको छ । प्रहरी टोलिले चेक जाँचगर्दा उनले लगाएका ेजिन्स पाईन्टको पछाडीको बाँया पकेटमा रातो प्लाष्टिकमा कालो धागोले बाँधेको अवस्थामा लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ प्लाष्टिक सहित ४४० एम.जि. र प्लाष्टिक बाहेक ३५० एम.जि.सोही पाईन्टको दायाँपकेटमा फेलापारेको हो ।

युवाको साथमा Spasmo लेखेको एक पत्तामा १० वटा ट्याब्लेट भएको नखोलिएको सोही अर्को पत्तामा ८ वटा ट्याब्लेट खोलेको अवस्थामा भेटाएको छ । त्यस्तै ramadol capsules १०/१० प्रत्येक पत्तामा भएको २ थान, खोलिएको अवस्थामा ६ वटा सेतो Spasmo जस्तो देखिने ट्याब्लेट र ३ वटा Tramadol जस्तो देखिने ट्याब्लेट बरामद गरेको प्रहरी निरीक्षक दिपक सिंह विष्टले जानकारी दिएका छन् । थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार